साऊदी अरबको मक्का र मदिनामा २४ घण्टे कर्फ्यु घोषणा

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमाडौं

साऊदी अरबले इस्लाम धर्माबलम्बीको पवित्र स्थल मक्का र मदिना क्षेत्रमा चौबिस घण्टे कर्फ्यु लगाएको छ । साऊदी अरबले कोरोना भाइरस संक्रमण विरुद्ध सावधानी अपनाउन कर्फ्यु लगाएको जनाएको छ ।

साऊदी अरबको आन्तरिक मन्त्रालयका अनुसार मक्का र मदिना दुबै शहरभित्र प्रवेश र बर्हिगमनमा पूर्ण प्रतिबन्ध लगाइेको हो । सिन्हवाका अनुसार सरकारी कर्मचारी तथा केही महत्वपूर्ण नीजि क्षेत्रका कर्मचारीमा उक्त प्रतिबन्ध लागू हुने छैन् ।

दुबै शहरका छिमेकका सर्वसाधारणलाई बिहान छ बजेदेखि अपरान्ह तीनबजेसम्म उपभोग्य तथा औषधीय सामग्री खरिदका लागि छुट दीनेछ । साऊदी अरबको स्वास्थ्य मन्त्रालयका अनुसार साऊदी अरबमा बिहिबार कोरोना भाइरसका १६५ जना नयाँ संक्रमित र पाँचजनाको मृत्यु र ६४ जना निको भएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *