रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए

समाचार
शेयर गर्नु होला

ललितपुर

सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइेको छ । कोभिड–१९ का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा गत चैत १९ गते बिनाजानकारी उनीहरु महालक्ष्मी–४ इमाडोलको अजिजिया मद्रसा मस्जिदमा  बसेकामा महालक्ष्मी र गोदावरीका स्थानीयले विरोध गरेसँगै फिर्ता पठाइेको हो ।

कोरोनाको जोखिम हटाउन महालक्ष्मीले बिहीबार दिउँसो ४ बजे उनीलाई मस्जिदबाट पठाइेसँगै गोदावरी–३ टौखेलको गोदावरी भिलेज रिसोर्टमा प्रहरीले ल्याई राखिदिएको जानकारी यहाँका स्थानीयले पाएसँगै राति साढे १० बजे यहाँबाट पनि फिर्ता पठाइेको छ ।

यी नागरिकलाई सप्तरीबाट काठमाडौँ बालाजु हुँदै महालक्ष्मी नगर क्षेत्र ल्याउने व्यक्ति वा निकायको छानबिन गरी सत्यतथ्य जनसमक्ष सार्वजनिक गर्न महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर क्षेष्ठले अपिल गरेका छन ।यी १३ नागरिक गत सन् २०२० जनावरी २१ मा इण्डोनेशियाबाट तबलिकी जमात अर्थात् मुस्लिम धर्म प्रचार समूहमार्फत काठमाडौँको जामे मस्जिदमा  बसेका थिए ।

त्यसपछि फ्रेबु्रारी–१३ तारिखमा सप्तरीको रुपनी बजारमा तीन दिन इस्तिमा कार्यक्रम सहभागी भैइ गत चैैैत १८ गते सप्तरीको धार्मिक यात्राबाट फर्की चैत १९ गते काठमाडौँको बालाजु माछापोखरी मस्जिद बस्न खोज्दा त्यहाँका स्थानीयवासीले विरोध गरेपछि स्थानीय प्रहरीले मस्जिदका पदाधिकारीसँग सल्लाहमा गरी इमाडोल ल्याइेको जनाइेको छ ।

पनि कोरोना त्रासका कारण विरोध गरेपछि चैत २० गते दिउँसो रिसोर्टमा ल्याइराखिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *