कोरोना भाईरस को उपचार मा चाहिने भेन्टिलेटरहरु मर्मत गर्न चाहनेले डा माहाबिर पुन लाई तुरुन्त सम्पर्क गर्न अनुरोध

समाचार
शेयर गर्नु होला

काठमान्डौ

कोरोना भाईरस को उपचारक्रममा चाहिने सबै भन्दा महत्वपुर्ण उपकरण भेन्टिलेटर लाई मानिन्छ। बिश्वका धनि र बिकशित राष्ट्र हरुमा पनी भेन्टिलेटरको कमी भएको हामीले सुन्दै अाईरहेकाछौ।

नेपालमा पनी भेन्टिलेटर को सन्ख्या निकै कम रहेको जानकारी रहेको अवस्था मा आज मात्र चर्चित बैज्ञानिक र आविष्कार केन्द्र का चेयरमेन डा माहाबिर पुनले आफ्नो सामाजिक सन्जाल मा सोही भेन्टिलेटर सम्बन्धी एेउटा पोष्ट लेखी जन्ता हरु माझ अनुरोध गर्नु भएकोछ।

वाहा को फेसबुकमा लेखिएको पोष्ट जस्ता को त्यस्तै;

“अनुभबी बायोमेडिकल र ईलेक्ट्रोनिक ईन्जिनियर तुरुन्त चाहियो. सहयोग गर्न चाहने कोहि हुनु हुन्छ भने 9841592361 मा मलाई सम्पर्क गर्नु होला.

काठमान्डूको एक मात्र Trauma Center मा ७ ओटा भेन्टिलेटरहरु बिग्रेको अबस्थामा रहेछन. कोरोनाको बिरामीहरुलाई ति भेन्टिलेटरहरु ज्यादै नै उपयोगी हुन्छन. ति भेन्टिलेटरहरु लाई मर्मत गर्न सकिन्छ कि भनेर आज राष्ट्रिय आविष्कार केन्द्रमा ल्याएका छन्. ति भेन्टिलेटरहरुको मुख्य समस्या भनेको कुनैमा air and oxygen flow regulator ले काम नगरेको, कुनैमा touch screen ले काम नगरेको, कुनैमा software ले काम नगरेको र कुनै मा battery dead भएका छन्. यी सामानहरु मर्मत गर्न कसैले जान्नु भएको छ र आविष्कार केन्द्रमा आएर सहयोग गर्न सक्नु हुन्छ भने सम्पर्क गर्नु होला. आविष्कार केन्द्रमा काम चलाउ भेन्टिलेटर बनाउने प्रयास पनि भै रहेको छ. ति भेन्टिलेटरको ब्रान्ड र मोडेल नम्बर यस प्रकार छ – Bella Vista Type 1000 Serial No. MB150587 को 6 वटा र .Meumovent को 1 ओटा.”

सभार: डा माहाबिर पुन को फेसबुक

कृपया यदी तपाईमा उक्त ज्ञान र शिप छ भने डा माहाबिर पुन लाई या राष्ट्रिय आविष्कार केन्द्रमा तुरुन्त सम्पर्क गर्न अनुरोध छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *