काठमाडौं
कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
स्वास्थ्य मन्त्रायले मुम्बैइबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसाघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा काेराेना भएकाे पुष्टि गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।
पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि पनि भएको छ। यसअघि विदेशबाट आएका ६ जनामा यसको संक्रमण देखिएको थियो। जसमध्ये एक जना उपचारपछि घर फर्किका छन् भने पाँच जनाको आइसोलसनमा उपचार भैरहेको छ।