बिश्वभर कोरोना संक्रमितले ६४ हजारबढीको मृत्यु, संक्रमितको संख्या १२ लाख नाघ्यो

अन्तरबार्ता
शेयर गर्नु होला

काठमान्डौ – विश्वभर कोभिड- १९ (कोरोना भाइरस) को संक्रमण झन् तीव्र गतिमा बढिरहेको छ । शनिबार एकै दिन विश्वभर ८४ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या १२ लाख नाघेको पुष्टि भएकाे छ । विश्भरि १२ लाख १ हजार ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा शनिबार एकै दिन मात्र विश्वभरि ८४ हजार ७८२ नयाँ संक्रमित फेला परेका छन् । यसमध्ये सर्वाधिक संक्रमितको संख्या अमेरिकामा रहेको छ । विश्वभर काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ६४ हजार ६७५ पुगेकाे छ । शनिबार मात्रै विश्वभरि ५ हजार ५०१ जनाकाे ज्यान गएकाे छ ।

अमेरिकामा मात्रै कुल ३ लाख ११ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको वल्र्डोमिटर्सले जनाएको छ । त्यहाँ शनिबार एकै दिन हालसम्मकै सर्वाधिक ३४ हजार १५६ जना नयाँ संक्रमित पाइेका छन् ।

उता स्पेनमा पनि इटलीको भन्दा धेरै संक्रमित पुष्टि भएको छ । त्यहाँ शनिबार ६ हजार ९६९ नयाँ संक्रमित फेला परेकासँगै कुल संक्रमितको संख्या १ लाख २६ हजार १६८ पुगेको छ । इटलीमा पनि शनिबार ४ हजार ८०५ जना नयाँ संक्रमित फेला परेका छन् भने कुल संक्रमित १ लाख २४ हजार ६३२ पुगेको छ ।

त्यसपछि सबैभन्दा बढी संक्रमित पुष्टि हुने देशमा जर्मनी रहेको छ । त्यहाँ ९६ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण फैलिसकेको छ । त्यहाँ हालसम्म १ हजार ४४४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटली रहेको छ । त्यहाँ हालसम्म १५ हजार ३६२ जनाले ज्यान गुमाएका छन् । त्यसपछि स्पेनमा ११ हजार ९४७ को ज्यान गएको छ । अमेरिकामा भने संक्रमित धेरै भए पनि ज्यान गुमाउनेको संख्या ८ हजार ४५२ रहेको छ ।

चीनकाे वुहान शहरबाट सुरू भएकाे काेभिड-१९ महामारी हाल विश्वका प्रायः सबै देशमा फैलिसकेकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *