आगलागीबाट झापा र चितवनमा पाँच घर जलेर नष्ट

समाचार
शेयर गर्नु होला

कनकाई

झापाको कनकाई नगरपालिका क्षेत्रान्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हुदा तीन घर जलेर नष्ट भएका छन् । आ

गलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । स्थानीय इलाका प्रहरी कार्यालयका अनुसार शनिबार बेलुकी ४ः१५ बजेबाट राईको घरबाट आगलागी शुरु भएको थियो ।

आगलागीमा परेकामध्ये झकडबहादुर भने यसाघिदेखि नै मेयर आवास क्षेत्रमा बसोबास गर्दै आएका थिए । आगलागी भएको थाहा पाएपछि दमक नगरपालिकाको दमकल साथै कनकाई सामुदायिक वनको खानेपानी ट्याङ्की र स्थानीयवासीको पहलमा निभाइेको थियो । आगलागीको कारण बुझ्न नपाइे पनि धूमपान सेवन गर्नेका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।

मुग्लिन स् चितवनमा आगलागीबाट घर जलेर नष्ट हुदाँ दुई परिवार बिचल्लीमा परेका छन् । शनिबार बेलुका ४ बजेको समयमा चितवनको विकटमा रहेको इच्छाकमना गाउँपालिका–६ तुन्तेषमा कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको घर जलेर नष्ट भएपछि उनीहरुको परिवार बिचल्लीमा परेका हुन् । घरमा रहेको सोेलार सर्ट भैइ दुईवटै घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीय यामबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार आगलागीबाट के–कति क्षति भयो यकिन नभए पनि घरमा रहेका खाद्यान्न कपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ । अहिले उनीहरु छिमेकीको घरमा बसेका छन्। वडाध्यक्ष भुपेन्द्र चेपाङले पनि आगलागी भएको खबर आएको बताए । विकटमा रहेका कारण अैतबार मात्र सो स्थानमा पुगी क्षतिको विवरण सङ्कलन गरिने बताए । रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *