आखिर लकडाउनको पालना त बिकशित देशका जनताले पनी नगर्ने रहेछन हैन त ??? (तस्बिरमा)

विचार/ब्लग समाचार
शेयर गर्नु होला

सुभाश भट्ट | बेलायत

हाल बिश्वभरी कोरोनाले त्राही त्राही मचाईरहेको बेलामा बिश्व स्वास्थ संगठन (WHO) ले सबै सङ्क्रमित भएका रास्ट्रहरुलाई यस माहमारीबाट बच्नकालाई एउटै मात्र उपाए रहेको सल्लाह दिएकोछ जसलाई “लकडाउन” भन्दछन।

साधाहरण भाषामा लकडाउनको अर्थ कुनै एउटा ठाउ , एउटा घर, गाउ, सहर या सम्पुर्ण देशमा सामाजिक दुरीलाई बनाईराख्नु हो। सामाजिक दुरी कायम राखनका लागी मानिषहरुले आफु र आफ्ना परिवारका सदस्यहरुलाई आफ्नै घर भित्र निस्चित गरि अरुको सम्पर्कमा आउन नदिनु हो।

हाल बिश्व स्वास्थ संगठन (WHO) ले दिएको नितीलाई अनुशरण गर्दै सङ्क्रमित भएका रास्ट्रहरुले आ-आफ्ना सुबिधा अनुशार लकडाउन गरेका छन। केही रास्ट्रहरुले लकडाउनलाई नियम कानुनमै परिणत गरेका छन भने केहीले जनताहरु माझ अनुरोध गर्दै लकडाउन अवस्थामा घर भित्र रहन आबाहान गर्दै आएका छन।

बिश्वका धेरै जसो देशहरुमा जन्ता द्वारा लकडाउन को आज्ञा लाई पुर्णरुपमा पालना गरेको पा ई एन। अबिकसीत रास्ट्रहरुमा लक्डाउनको पालना नभएको समाचार छ्याप-छ्याप्त्ति हेर्न पाईयो तर त्यो अर्धसत्य मात्र हो किने भने बिस्कशित देशका बिकशित जनताहरुले पनी लकडाउनको पुर्ण रुपमा अबहेलना गरेको देखियो।

यसै सन्धर्भमा हामी कुरा गर्दैछौ बेलायतको जहा सरकारद्वारा बनाइएको लकडाउनको नियमलाई जनताले पुर्णरुपमा अबेहलना गर्दै बाहिर आएको समाचारले सम्पुर्ण बिश्व लाई चकित बनायो।

हिजो बेलायतको राजधानी लन्डनका ठुला पार्क हरुमा मानिषहरु घुम्दै गरेको र रमाइलो गर्दै गरेको पाईयो। साथै बेलायतका समुद्री पर्यटन स्थलहरुमा पनी मानिषहरुको भिड भाड देख्न पाईयो। अच्चम्मको कुरा त के भने मानिष हरुले प्रहरी र प्रसाशनको पनी बेवस्ता गर्दै उक्त नियमको अबेहलना गर्न पुगे।

येस्तै घटनाहरु नेपालको परिपेक्षमा पनी देखन पाईयो। सरकारद्वारा लकडाउन घोषणा गरिए पनी मानिषहरु घरबाट बाहिर आउने प्रक्रिया भने रोकिएन।

हुन त लकडाउनका दौरानामा मानिषहरुको दिनहु जिबन यापनमा बिभिन्न कठीनाईहरु आउन सक्दछन जस्ले गर्दा मानिषहरुले घर बाहिर निस्कन पर्ने हुन्छ तर त्यसका लागी पनी केही प्रक्रिया र सुझाब रहेकाछन। सरकार र स्थानिय प्रशासन द्वारा हेल्प लाईन र हटलाईनहरुको ब्यबस्ता गरिएको छ जस्मा खबर गरी तपाई हामी सहयोग माग्न सक्दछौ। तर अत्तिआबशयक कार्य बाहेक सरकारद्वारा बनाईेको लकडाउनको पालना गर्नु सबै को कर्तब्य हो। हामी सबैले बिर्सनु हुदैन की यस माहामारीले सम्पुर्ण बिश्वलाई ग्रशित बनाएको समयमा सामाजिक दुरी बनाईराख्नु नै सबै भन्दा बुद्दीमानी को कार्य हुन्छ।

हिजो देखिएको नया सङ्क्रमण पछी हाम्रो देश कोरोना भाईरसको दोस्रो चरणमा प्रबेश गरेको छ जस्मा भाईरस तिब्र गतीमा सङ्क्रमण हुनेगर्दछ। त्यसकारण भाईरसको सङ्क्रमणको चेनलाई तोडनका लागी हामी सबैले लकडाउनको पुर्ण रुपमा पालना गर्नु पर्दछ जस्ले गर्दा तपाई र तपाईको परिवारलाई यस माहमारी बाट बचाउन सक्नु हुन्छ।

अब निर्णय तपाई को!!!!


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *