काठमाडौं
गण्डकी प्रदेशको बागलुङमा दुई जना कोरोना भाइरस कोभिड १९ का संक्रमित भेटिएपछि गरिएको कन्ट्रयाक ट्रेसिङ गरी पठाइएको १४ जनाको स्वाब परीक्षमा सबैमा संक्रमण नभएको पाइएको छ । संक्रमित व्यक्तिबाट थप संक्रमण फैलिन नदिन संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाको स्वाब परीक्षण गरिएकाे र त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
चैत ४ गते कतार एयरवेजको विमानबाट बेल्जियमबाट आएकी एक युवती र एक महिलालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीहरुसँगको सम्पर्कमा रहेका व्यक्तिहको स्वाब परीक्षण गरिएको थियो ।
बागलुङ नगरपालिका वडा नं. ४ कुडुलेकी युवतीको घर परिवार र सम्पर्कमा आएका १० जनाको स्वाब काठमाडौं पठाइएको र बागलुङ नगरपालिका वडा नं. ३ गौडाकोटकी महिलाको परिवारका चार जनाको स्वाब गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे ल्याबमा नयाँ जडित मेसिनबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशन बिनोदविन्दु शर्माले बताउनुभयो ।
उहाँले गण्डकी प्रदेशमा अहिले दुईबटा स्वाब परीक्षण मेसिन रहेको र प्राप्त नमूनाहरू दुईवटा मेसिनमा दोहो¥याएर परीक्षण गर्दा पनि दुबैमा नेगेटिभ आएको उहाँले बताउनुभयो ।
निर्देशनालयको ल्याबमा परीक्षण भएका केही नमुना क्रस चेकका लागि काठमाडौं केन्द्रीय स्वास्थ्य प्रयोगशालमा पठाइएको र ती रिपोर्ट सही आएको हुँदा यहाँबाट गरिएको परीक्षण रिपोर्ट फरक नपर्ने उहाँले बताउनुभयो । सभार: गोरखापत्र