काठमाडौँ
सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको क्रममा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको कोरोना परीक्षण तत्काल गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरस्थित क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने जानकारी दिए ।
सरकारले परीक्षणको दायरा बढाएको जानकारी दिँदै उनले चैत महिनामा विदेशबाट अैइ क्वारेन्टाइनमा बसेका सबैको पहिलो चरणमा तीव्र परीक्षण (¥यापिड टेस्ट) मार्फत नमुना परीक्षण गर्ने निर्णय भएको जानकारी दिए ।
यदि परीक्षणमा पोजेटिभ देखिएमा पीसीआर मेसिन मार्फत पुनः परीक्षण गरी निक्र्योल गरिने प्रवक्ता देवकोटाले जानकारी दिए । उनले बाग्लुङमा सङ्क्रमित व्यक्तिको बासस्थान वरपरका सबै व्यक्तिको परीक्षण गरिने पनि जानकारी दिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसी सबैको सहमतिमा ‘¥यापिड टेस्ट’ मार्फत परीक्षण गर्ने निर्णय भएको जानकारी दिँदै उनले यसका लागि प्रभावित जिल्लामा टोली जाने तयारी भएको बताए । कैलालीमा स्थानीय सङ्क्रमण देखिएपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा ¥यापिड टेस्ट किट मार्फत नमुना परीक्षण गर्ने निर्णय गरेको थियो ।
यसअघि क्वारेन्टाइनमा बसेकालाई लक्षण देखिएमा मात्रै नमुना परीक्षण हुँदै आएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।गोरखापत्र