काठमाडौँ
केही दिनअघि भारतबाट फर्किएका एक कोरोना सङ्क्रमित युवकलाई नियन्त्रणमा लिने कार्यमा संलग्न ९४ सशस्त्र प्रहरी कर्मचारीलाई ‘क्वारेन्टाइन’ मा राखिएको छ । महाकाली नदी तरेर अवैध नाकाबाट नेपाल प्रवेश गरेका मध्येका एक ती युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिनुका साथै भ्यानमा राखी महेन्द्रनगरमा बनाइेको क्वारेन्टाइनमा पु¥याएका थिए ।
तीन दिनाघि ती युवकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सो घटनामा संलग्न सबैलाई क्वारेन्टाइनमा राखिएको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रवीणकुमार श्रेष्ठका अनुसार क्वारेन्टाइनमा राखिएका सशस्त्र प्रहरी कर्मचारीको स्वास्थ्य अवस्था ठीक छ ।
सीमा नाका हेल्थ डेस्कमा खटाइेकामा भने ज्वरो तथा रुघाखोकी देखिएको छ । यसरी ज्वरो आएकामध्ये प्रदेश–१ मा १७ जना, २ मा एक, बागमती प्रदेशका पाँच र कर्णाली प्रदेशबाट एक जना छन् । उनीहरू सबैलाई क्वारेन्टाइनमा पठाइेको सशस्त्र प्रहरी बलले जनाएको छ ।गोरखापत्र