कोरोनाभाइरस – नेपालीले युएईका नागरिकसरह उपचार पाउने

समाचार
शेयर गर्नु होला

काठमाडौ

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन ।

विश्वभर कोरोना भाइरसको सङ्क्रमण भैरहेका बेला प्रधानमन्त्री ओलीले विदेशस्थित नेपालीहरुको अवस्थाबारे सम्बन्धित सरकारका प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग संवाद गर्नुभएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमानदार र परिश्रमी भएको बताउँदै उनीहरूले युएईको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।

त्यहाँस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार युवराजबाट नेपालीहरूलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो । “विशिष्ट घडीमा युयु ए ईएिमा रहेका नेपालीहरूको हित र सुरक्षालाई उच्च महत्व दीइ अभिभावकीय स्नेह र संरक्षकत्व प्रदान गर्नुभएकोमा प्रधानमन्त्री ओली र नेपालीहरूलाई युएिका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा युवराजप्रति आभार प्रकट गर्दछौं ।”

राजदूत ढकालले सामाजिक सञ्जालमा भनेका छन । नेपाल सरकारले पनि यहाँ रहेका विदेशी नागरिकलाई कोरोना भाइरस सङ्क्रमण भएमा आफ्ना नागरिकसरह उपचार र सुविधा दिने जनाउँदै आएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *