काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन बन्दाबन्दीबाट दैनिक कामगरी खाने तथा अन्यमा परेको असुविधाप्रति आफू चिन्तित रहेको बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो कुरा बताउनु बताएका हुन ।
सिङ्गोको मानव सभ्यता प्रभावित भएको र विश्वमा केही नेपाली सहित धेरैले ज्यन गुमाएको सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै हाम्रो पुस्ताले भोगेको कठिन युद्धमा यसको लडाइँमा रहेको भन्दै प्रमले विश्व समुदायप्रति एक्वद्धता जनएका छन ।
उनले देशमा अझै जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइेको बताएका छन्। उनले जोखिम अझै कायमै रहेको भन्दै सबैलाई महामारीलाई रोकथाम गर्न सहयोग गर्न आग्रह गरे। उनले सुरक्षाकर्मी तथा जनप्रतिनिधि तथा स्वयंसेवीहरूको कामको प्रशंसा गरे।
प्रधानमन्त्री ओलिले कसैको एउटा लापरवाही सिङ्गो समुदायलाई महङ्गो पर्नसक्ने भन्दै उनले लकडाउन पालना गर्न आग्रह गरे। सीमामा रोकिएका नेपालीहरूबारे सरकारले ‘उचित कदम’ चालेको भन्दै उचित समयमा पुन: जाँच गरेर नेपाल भित्र्याइने उनले बताए।
आगामी दुई साता’थप जोखिमपूर्ण’ भएको बताउँदै उनले र्यापिड टेस्ट किटले परीक्षणको काम तीव्र गतिमा लैजाने सरकारको योजना सुनाए। सम्बोधनका क्रममा ओलीले क्वारन्टीन अवधि पूरा गरेका व्यक्तिको पुन: परीक्षण गरिने जनाए। यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता भन्ने बहस गर्नु नै उपयुक्त नहुने उनको भनाइ थियो।
ओलीले सामान्य वा असामान्य अवस्थामा सरकारका काम विधिसम्मत हुनुपर्ने बताए। तर काम नै गर्न नसक्ने अवस्थाको सिर्जना सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गर्न नहुने बताए।
ओलीले पटकपटक लड्नु र धुलो टक्टक्याउँदै उठ्नु मानव जातिकै विशेषता भएको बताए। जसमै टेकेर यसपटक समेत यस महामारीबाट पार पाइने भन्दै उनले विनाशकारी भूकम्पको सम्झना समेत गरे। ओलीले त्यसबेलाझै “धैर्य र साहस देखाउन” आग्रह गरे।