काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले यही बैशाख ८ गतेबाट सञ्चालन गर्ने भनिएको कक्षा १२ को र २१ गतेदेखि गर्ने तय भएको कक्षा ११ परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । बोर्डको चैत्र २५ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले लकडाउन जारी रहेको तथा संक्रमणको त्रास कायमै रहेको अवस्थामा एसैइी परीक्षा कहिले गर्न सकिन्छ भन्ने कुरा यकिन नै गर्न नसकिएको बताए । यस अवस्थामा कुनै पनि भ्रममा नपर्न, धैर्य गर्न विद्यार्थी तथा अभिभावकलाई बोर्डले आहन गरिएको छ ।
परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ ।