काठमाडौ
नेपालले अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताए ।
तर आन्तरिक उडान के गर्ने भन्ने विषयमा भने कुनै निर्णय भएको छैन । यस अघि बैशाख ३ गतेसम्मलारि अन्तराष्ट्रिय उडानहरू बन्द गर्ने निर्णय भएकाे थियाे ।