बेलायतमा कोरोना भाईरसको संक्रमण बाट बिगत २४ घन्टामा ७८६ को मृत्‍यु, प्रधान्मन्त्री को स्वास्थ्य स्थिर

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

सुभाश भट्ट | बेलायत

हिजो फेरी बेलायतमा कोरोना भाईरसबाट मृत्‍यु हुने सन्ख्यामा बृदि भएकोछ। भाईरस संक्रमण बाट गएको २४ घन्टामा ७८६ जनाको मृत्‍यु भएको थियो।

बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या ५५२४२ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको सन्ख्या ६१५९ पुगेको छ। बिगत २४ घन्टामा ७८६ जनाको मृत्‍यु भएको छ जुन हिजो को तुलना मा अत्याधिक पढेको पाईयो।

हिजो बेलुका बेलायतका प्रधान्मन्त्री बोरिश जोनसनको स्वास्थ्य बिग्रेका कारणले उनलाई लन्डन स्थित सेन्ट थोमस हल्पिटलको ईन्टेन्सिभ केयरमा राखिएको थियो र आज उन्को स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी रहेकोछ।

प्रधान्मन्त्री कार्यालय ले दिएको जानकारी अनुशार हाल उन्को स्वास्थ्य अवस्था स्थिर रहेको र आज राती पनी प्रधान्मन्त्री लाई सघन उपचार (ICU) मानै राखिनेछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *