सीमाक्षेत्रमा आवागमन रोक्न थप सशस्त्र प्रहरी

समाचार
शेयर गर्नु होला

कञ्चनपुर

भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ। सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई परिचालन गरिएको छ।

सीमा क्षेत्रमा घुसपैठ गरी भारतबाट नेपाल फर्कने क्रम रोक्न थप सशस्त्र प्रहरी परिचालन गरिएको हो । एक पोष्टमा २० जवान रहने गरी सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइेको प्रहरी उपरीक्षक शाहुले बताए।

हाल पुर्नवासदेखि खल्लामुसेट्टीसम्म अस्थायी पोष्ट राखिएको छ भने मुख्य नाकामा पहिलेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। भारतबाट फर्केका बेदकोटकाका ४२ वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सीमानाकामा कडाइ गरिएको छ।

हतियार र नगद बरामद

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ४ र ५ सीमा नजिकैबाट रोकिराखेको डिएल३सिसीआर ३९९७ भारतीय नंको टोयटा फर्चुन गाडीबाट मङ्गलबार साँझ सशस्त्र प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार गाडीबाट प्वाइन्ट टुटु एलाअर बन्दुक एक थान, त्यसमा लाग्ने गोली १४ थान र एयरगन एक थान र सोको छर्र्रा १९६ बरामद गरिएको छ।

सोही गाडीबाट नेपाली एक हजारको नोट ७१ हजार, ५०० का नोट पाँच हजार ५०० बरामद गरिएको छ। अवैध हतियार र नगद रकमसहित छ बैंकका एटीएम कार्डसमेत बरामद गरिएको छ। बरामद गाडी कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष गुड्डु शाहीको रहेको बताइेको छ। बरामद गाडी, हतियार, नगद रकम र एटीमकार्ड इलाका प्रहरी कार्यालय गुलरीमा बुझाइेको छ।

बेरिएर महिलाको मृत्यु

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका २२ वर्षीय रेवती पाण्डेय जोशीको गहुँ थे्रसिङ गर्ने थे्रसरको पट्टामा बेरिएर मङ्गलबार मृत्यु भएको छ । गहुँ थ्रेसिङ गरिरहेका बेला दुपट्टा थे्रसरको पट्टामा बेरिँदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

गम्भीर चोट लागेपछि उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पुर्याइे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए । मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याइेको छ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *