विष्णु पुजा बिधि
यो दिन प्रात: उठेर भगवान विष्णुको ध्यान गरेर व्रतका संकल्प लिनु पर्दछ। बृहस्पतिदेवको ध्यान गर्नु पर्दछ । त्यसपश्चत फल, फूल, पहेलो वस्त्रों बाट भगवान बृहस्पतिदेव र विष्णुजी को पूजा गर्नु पर्दछ। प्रसादको रूपमा केला चढाउनु शुभ मानिन्छ तर यो केलालाइ दानमा दिनु पर्दछ । बेलुकाको समय बृहस्पतिवारको कथा सुन्नु पर्दछ र बिना नुनको भोजन गर्हण गर्नु पर्दछ। गुरुवारको व्रत पुरा श्रद्धाभावबाट गरे भने व्यक्तिको गुरु ग्रहको दोष खत्म हुन्छ तथा गुरु कृपा प्राप्त हुन्छ। यो दिन व्रत गर्ने व्यक्तिको सबै सुख प्राप्ति हुन्छ। व्रत गर्नेले यो ध्यान राख्नु पर्दछ कि यो दिन केश काट्नु हुदैन र दाढ़ी पनि काटनु हुदैन।
भगवान श्रीहरि विष्णुको पवित्र मंत्र
ॐ नमो भगवते वासुदेवाय श्रीकृष्ण गोविन्द हरे मुरारे।हे नाथ नारायण वासुदेवाय।।
ॐ नारायणाय विद्महे। वासुदेवाय धीमहि। तन्नो विष्णु प्रचोदयात्।।
ॐ विष्णवे नम:
ॐ हूं विष्णवे नम: एस्। ॐ नमो नारायण।श्रीमन नारायण नारायण हरि हरि।
लक्ष्मी विनायक मंत्र
दन्ताभये चक्र दरो दधानं, कराग्रगस्वर्णघटं त्रिनेत्रम्। ४धृताब्जया लिंगितमब्धिपुत्रया लक्ष्मी गणेशं कनकाभमीडे।।
धन-वैभव एवं संपन्नता का मंत्र
ॐ भूरिदा भूरि देहिनो, मा दभ्रं भूर्या भर। भूरि घेदिन्द्र दित्ससि। ॐ भूरिदा त्यसि श्रुत: पुरूत्रा शूर वृत्रहन्। आ नो भजस्व राधसि।
सरल मंत्र
ॐ अं वासुदेवाय नम: ॐ अं संकर्षणाय नम: ॐ अं प्रद्युम्नाय नम: ॐ अ: अनिरुद्धाय नम: ॐ नारायणाय नम:
पंचरूप मंत्र
ॐ ह्रीं कार्तविर्यार्जुनो नाम राजा बाहु सहस्त्रवान। यस्य स्मरेण मात्रेण ह्रतं नष्टं च लभ्यते।।