एजेन्सि
विश्वभर फैलिएको कोरोना भाइरसको कहरले आम मानिस अक्रान्त छन् । सडकमा गाडी कुद्न छाडेका छन् । कल कारखाना बन्द भएका छन् । यसले मानिसको जनजीवन प्रायः ठप्प छ । तर यो विपत्तीको दुखद पक्षसँगै केही सुखद कुराहरू पनि अगाडि आएका छन् ।
कोरोनाको कहरसँग गरिएको बन्दाबन्दी (लक डाउन) ले पृथ्वीका कतिपय स्थानमा प्रदूषणको मात्रा ह्वातै घटेको छ । चारचुरूङ्गी र जंगली जनावर विस्तारै शहरी क्षेत्रमा विचरण गर्न थालेका छन् । उद्योगहरु बन्द हुँदा भारत कै गंगा यमुना नदिमा सफा पानी बग्न थालेको समाचारहरू आइरहेका छन् ।
अहिले केही दिनदेखि काठमडांैको आकाश पनि खुलेको छ । उत्तर तर्फ सजिलै हिमाल र उपत्यका वरिपरि हरिया पहाड देखिन थालेका छन् ।
नेपाल मात्र हैन छिमेकी रास्ट्र भारत बाट पनी हिमाल हरु प्रस्ट रुपमा देखीएको खबरले सबै लाई चकित पारेको छ। भारत को जलन्धर बाट हिमाल हरु १२५ माईलस को दुरीमा रहेकोछ।
लकडाउन भन्दा पहिले त्यती टाढा को हिमाल देखीने कसैले सोचेका थिएनन तर हाल लकडाउन पछी यती धेरै टाढाका हिमाल हरु प्रश्ट नै देखिन थालेकाछन। रासस