बिश्वभर कोरोना संक्रमितले ८८ हजार बढीकाे मृत्यु, संक्रमित संख्या १५ लाख नाघ्याे

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

काठमान्डौ

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या १५ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना संक्रमितकाे संख्या १५ लाख १७ हजार ९५ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टाभित्र मात्रै ८४ हजार नयाँ संक्रमित थपिएका छन् ।संक्रमितमध्ये ३ लाख २९ हजार ९५५ जना भने पूर्णरूपमा निकाे भैसकेका छन् । अहिले १० लाख ९९ हजार ६९९ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ४८ हजार ७८ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । अहिलेसम्म विश्वभर काेराेना भाइरसका कारण ८८ हजार ४४१ जनाले ज्यान गुमाएका छन् ।

इटलीमा सबैभन्दा बढी १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ र यहाँ संक्रमितको संख्या एक लाख ३९ हजार चार सय २२ पुगेको छ । स्पेनमा मृत्यु हुनेको सख्या १४ हजार सात सय ९२ पुगेको छ र संक्रमित संख्या एक लाख ४८ हजार दुई सय २० पुगेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या लगातार दुई दिनसम्म बढिरहेको छ । बुधबार सात सय ५७ जनाको मृत्यु भएको यहाँ मंगलबार सात सय ४३ जनाको मृत्यु भएको थियो । स्पेनमा संक्रमितको संख्या पछिल्लो चार दिनमा धेरै बढेको छ । 

संयुक्त राज्य अमेरिकामा संक्रमित संख्या चार लाख ३० हजार तीन सय ७६ पुगेको छ भने मृतक संख्या १४ हजार सात सय ३९ पुगेको छ । अमेरिकामा एकै दिनमा करिब दुई हजार जनाको मृत्यु भएको हो । अघिल्लो दिनसम्म यहाँ मृतक संख्या १२ हजार आठ सय जना थियो । न्युयोर्कमा मात्र कोभिड १९ का कारण छ हजार दुई सय ६८ जनाको मृत्यु भएको छ । यहाँ एकै दिनमा आठ सय भन्दा धेरैको मृत्यु भएको छ ।

फ्रान्समा मृतक संख्या १० हजार आठ सय ६९ पुगेको छ र संक्रमित संख्या एक लाख १३ हजार नौ सय ६५ पुगेको छ । बेलायतमा सात हजार ९७ जनाको मृत्यु भएको छ र संक्रमित संख्या ६१ हजार चार सय ७४ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ सय भन्दा बढी रहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *