अवैतनिक दूतहरूले नीलो प्लेट र झण्डा राख्न नपाउने

समाचार
शेयर गर्नु होला

काठमाडौं

परराष्ट्रमन्त्रालयले नेपालस्थित अवैतनिक वाणिज्य दूतहरू (अनररी काउन्सुलर) लाई दीएको केही सुविधामा रोक लगाएको छ । मन्त्रालयले नेपालमा रहेका काउन्सुलरहरूलाई नीलो नम्बर प्लेट भएको सवारी साधन तथा त्यसमा सम्बन्धित देशको झण्डा राख्न पाउने व्यबस्था अर्को सूचना नभएसम्मका लागि प्रयोग गर्न प्रतिवन्ध लगाएको छ ।

केही दिन अघि उद्योगी घराना शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल कोरोना भाइरस (कोभिड–१९) महामारीको मौकाछोपि कालोवजारी गरेको अभियोगमा पक्राउ परेका थिए । ज्वरो नाप्ने थर्मल गन महंगो मूल्यमा विक्री गरेको अभियोगमा मंगलबार नक्सालबाट पक्राउ परेका थिए ।

महानगरीय प्रहरीले पाँचहजार वजार मूल्यमा पाइने थर्मलगन १५ हजारमा बिक्री गर्न मोलमोलाई गरिरहेको अवस्थामा अग्रवाललाई पक्राउ गरेको थियो । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको थियो ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका अग्रवालले केही दिनाघि चीनबाट ब्यापारिक प्रयोजनका लागि कोरोना भाइरस सम्वन्धी स्वास्थ्य उपकरण सात टन खरिद गरि ल्याएको जानकारी प्रहरीले दिएको छ ।

सो उपकरणहरू मध्ये थर्मल गनको विक्रीमा शंकर ग्रुपले चर्को मूल्य लिएको सूचना पाएपछि अपराध महाशाखा प्रहरीको टोली ग्राहक बनेर अग्रवालको सम्पर्कमा पुगेको थियो । ब्यापारी अग्रवालले यस्तो संकट र महंगीको वेला १५ हजार भन्दा कम मूल्यमा सामान वित्री गर्न नसक्ने जनाउ दिएपछि पक्राउ गरिएको हो ।गोरखापत्र


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *