कोरोना को माहामारीले विश्वव्यापी गरिबी थप बढ्‍ने र ५० करोड मानिसहरु गरिबीमा धकेलिने – संयुक्त राष्ट्र संघ

अर्थ समाचार
शेयर गर्नु होला

न्युयोर्क ।

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसको संक्रमणका कारण निरन्तर आर्थिक गिरावट भइरहेको छ । निरन्तरको आर्थिक गिरावटका कारण विश्वव्यापी गरिबी थप बढ्‍ने र ५० करोड मानिसहरु गरिबीमा धकेलिने संयुक्त राष्ट्र संघले जनाएको छ ।

संयुक्त राष्ट्र संघले गरेको आर्थिक र मानवीय लागतमा गरेको अध्ययनपछि यस्तो चेतावनी दिएको हो । ३० वर्षयता गरिबी यसरी विश्वव्यापी रुपमा बढेको पहिलो पटक भएको अध्ययनले जनाएको छ ।

आगामी साता विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र जी२० समूहका सदस्य राष्ट्रका अर्थमन्त्रीहरुको बैठक बस्‍नुअघि यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो ।

संयुक्त राष्ट्र संघ विश्वविद्यालय अध्ययन प्रतिवेदन किङ्‌स कलेज लन्डन र अस्ट्रेलियन राष्ट्रिय विश्वविद्यालय (एएनयू)का विज्ञहरुले तयार पारेको बताइएको छ ।

एएनयूकाका क्रिश्‍टोफर होइले भने, “स्वास्थ्य संकटभन्दा आर्थिक संकट सम्भवत: निकै गम्भीर हुन्छ ।”  उक्त रिपोर्टका अनुसार विश्‍वभर करिब ४० करोडदेखि ६० करोड मानिसहरु गरिबीको रेखामुनी पर्नेछन् । यसको प्रत्यक्ष असर संयुक्त राष्ट्र संघको सन् २०३० को दीगो विकास लक्ष्यमा पर्ने बताइएको छ ।

“हाम्रो अध्ययनले विकासशील मुलुकहरुमा जतिसक्दो चाँडो सामाजिक सुरक्षाको उपायहरु बढाउनुपर्नेतर्फ सजग गराएका छौं । अन्तर्राष्ट्रिय समुदायले विकासशील मुलुकहरुमा कोभिडि-१९ को प्रभाव न्युनिकरणका लागि विशेष ध्यान दिन जरुरी छ,” किङ्‌स कलेज लन्डनका प्रोफेसर एन्डी समरले भने ।

करिब ४० प्रतिशत नयाँ गरिबहरु पूर्वी एसिया र प्यासिफिकमा देखा पर्ने र एक तिहाइ दक्षिण एसिया र सब-साहारा अफ्रिकामा देखा पर्ने बताइएको छ ।

यस साताको सुरुआतमा करिब एक सय विश्वव्यापी संगठनहरुले विकासशील मुलुकहरुको ऋण माफ गर्न आह्वान गरेका छन् । जसले उनीहरुको २५ अर्ब अमेरिकी डलर बराबरको अर्थतन्‍त्रमा सहयोग पुग्‍ने बताइएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *