सुभास भट्ट |बेलायत
बढदो कोरोना भाईरसको सङ्क्रमण लाई ध्यानमा राखी बेलायत सरकार र स्वास्थ्य संस्था NHS ले केही दिन अघी मात्र लन्डन को डकयार्ड स्थित एक्सेल सेन्टरलाई अस्थाई अस्पतालमा परिणत गरेको थियो जस्मा २००० भन्दा बढी बिरामी हरुको उपचार गर्न सकिने क्षमता रहेको छ।
बेलायत को स्वास्थ्य संस्था सुबिधा सम्पन्न हुदा हुदै र प्रयाप्त मात्रामा अस्पताल हरु हुदा हुदै पनी बर्तमान सङ्क्रमितहरु को बढदो सन्ख्याहरुलाई मध्य नजर गर्दै सरकार द्वारा अरु अस्थाई हरु खोल्ने निर्णय गरेको छ।
नाईटेङल अस्पतालको सफलता पछी सरकार द्वारा सेनाको सहयोगमा अब बेलायतका अन्य ठाउहरुमा पनी अस्पताल खोल्ने निर्णय भएकोछ। सेनाको योजना अनुरुप ९ अन्य ठाउहरुमा अस्पताल हरु खोलिने छन जस् मध्ये ४ वोटा अस्पतालको निर्माण कार्य सुरु भयीसकेको अवस्था रहेको छ।
जानकारी अनुशार सेनाद्वारा छनौट गरिएका ठाउहरुमा बर्मिङ्हम, म्यान्चेस्टर, ग्लास्गो, कार्डिफ, ब्रिस्टल, ह्यारोगेट, बेलफास्ट र कम्ब्रिया रहेका छन।