सुभास भट्ट | बेलायत
बेलायतमा कोरोना भाईरसबाट मृत्यु हुने सन्ख्यामा अत्याधिक बृदि भएकोछ। भाईरस संक्रमण बाट गएको २४ घन्टामा ८९१ जनाको मृत्यु भएको थियो।
बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या ६५०७७ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्यु हुनेको सन्ख्या ७९८४ पुगेको छ। बिगत २४ घन्टामा ८९१ जनाको मृत्यु भएको छ जुन हाल सम्ममा सबै भन्दा बढी रहेकोछ।
बेलायत मा हिजो बिहान ९ बजे सम्म २४३,४२१ जनामा भाईरस को परिक्षण गरिएकोथियो जसमध्ये ६५,०७७ मा कोरोना पोजिटिभ पाईयेको थियो।
आज बसेको कोब्रा मिटिङ पछी सरकार द्वारा हालको लकडाउन लाई निरन्तरता दिने र ईष्टर सातामा बाहिर न अाउन निर्देशन दियिएकोछ। बढदो सन्ख्या र नया संक्रमित लाई मध्ये नजर गर्दै बिशेषज्ञ हरु यही अवस्था रही रहेको खन्डमा दिनहु १००० सम्मको मृत्यु हुन सक्ने अनुमान लगाईरहेकाछन।
अर्को तिर सबै तथ्यान्क हरुलाई धायानमा राखी सरकार द्वारा थप ९ अन्य अस्थाई अस्पतालहरु निर्माण गर्ने निर्णय समेत गएकोछ।