ब्रेकिङ : साऊदी अरबका शाही परिवारका सदस्यहरुमा पनी कोरोना भाईरस संक्रमण

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

साऊदी अरेबिया

चीनको वुहान शहर बाट फैलीएको कोरोना भाईरस बाट बिश्वका दिग्गज नेता, अभिनेता, शाही परिवार देखी लिएर हरेक मानिषहरु यस बाट संक्रमित हुन पुगेकाछन। ताजा जानकारी अनुशार अब साऊदी अरब का शाही परिवार पनी कोरोना भाईरस बाट पर रहन सकेकाछैन।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्स र अलजजिराको रिपोर्ट अनुशार साऊदी अरब को सत्तारूढ़ शाही परिवार का १५० जना कोरोना भाईरस संक्रमित भइसकेको जानकारी रहेको छ ।

कोरोना भाईरस संक्रमण पछी साऊदी अरबका राजकुमार फैसल बिन अब्दुल अजीज अल साउदलाई आईसीयूमा राखिएको छ भने साउदीका राजा सलमान जेद्दा पनी आइसोलेशनमा रहेका छन।

न्यूयोर्क टाइम्सले किंग फैसल स्पेशलिस्ट हस्पिटल द्वारा पठाईेको हाई अलर्ट सन्देश र शाही परिवार का नजिकका मानिषहरु बाट प्राप्त भएको सूचना को आधारमा उक्त जानकारी दीएको हो। साऊदीका शाही परिवारको उपचार गरीरहेका डक्टर अब हस्पिटल मा ५०० बेड को व्यवस्था पनी गरीरहेका छन, ताकि शाही परिवार र उनका संपर्क बाट आउने भिआईपीहरु लाई भर्ना गर्न सकियोस।सभार:न्यूयोर्क टाइम्स  / अलजजिरा


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *