काठमाडौँ
कोरोना भाईरस को संक्रमणलाई धयान्मा राखी नेपाल सरकार द्वारा बिगत केही साता देखी लगाईेको लकडाउनका कारण हवाई आवत जावत हरु बन्द रहेको कारणले नेपाल घुमन आएका पर्यटक हरु अलपत्र परिरहेको अवस्थामा आज मात्र बेलायतले झिकाएको टाइटन एयरको चार्टर विमान २ सय ४८ बेलायती लगायत विदेशी नागरिक बोकेर फर्केको छ ।
लकडाउनका कारण अलपत्र परेका बेलायती नागरिक लिन यो चार्टर विमान सवा १२ बजे दुबई हुँदै काठमाडौं आइपुगेको थियो। लण्डनबाट रित्तै काठमाडौं आएको यो विमान २ बजे फिर्ता भएको थियो।
यस चार्टर उडानको काठमाडौंमा व्यवस्थापनको जिम्मा लिएको नेपाल एभिएसनका का अनुसार, यस उडानमा ६ शिशुसहित २ सय ४८ यात्रु छन्। एजेन्सीका अनुसार यस उडानमा बेलायती, नेपाली मूलका बेलायतीबाहेक पोल्याण्ड, र्पोचुगल, अमेरिका र सेन्ट लुसियाका नागरिक पनि छन्।
२ सय ६५ सिट क्षमताको यो बोइङ ७६७ विमान काठमाडौंबाट करिब ५ घन्टामा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ। त्यहाँबाट इन्धन भरेर करिब पौने ८ घन्टा लामो उडानपछि मात्रै बेलायतस्थित लण्डन स्टैन्सटेड एयरपोर्टमा अवतरण गर्ने छ।