ब्रेकिङ : आफ्ना किसानहरुले बैंक, वितिय संस्था वा सहकारी बाट लिएको ऋृणको ४ महिनाको व्याज प्रदेश २ सरकारले तिरिदिने

अर्थ समाचार
शेयर गर्नु होला

काठमान्डौ

कोरोना महामारीका संन्त्रासका कारण गरिएको लक डाउनले किसानहरु पीडित भएकोमा प्रदेश २ सरकारले किसानहरुले बैंक, वितिय संस्था वा सहकारी बाट लिएको ऋृणको ४ महिनाको व्याज

प्रदेश सरकारले तिरिदिने निर्णय गरेको छ । मन्त्री परिषदको बैठकले कृषि कर्मको लागि किसानहरुले ५ लाख सम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ ।

त्यसैगरि पाँच लाख देखी १५ लाख सम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाख देखी ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले निर्णय गरे बमोजिम व्याज तिरि दिने निर्णय गरेको सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाउनु भएको छ ।

यसका अतिरिक्त दुध, फल फुल , तरकारी , कुखुरा तथा माछामा यसका अतिरिक्त समेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *