लकडाउनका कारण ट्रम्पको ब्यापारमा ठुलो घाटा, एकै महिनामा १ अरब डलर संपत्ति घट्यो

अन्तर्राष्ट्रिय अर्थ समाचार
शेयर गर्नु होला

न्युयोर्क

बिश्वभरि कोरोना भाईरसको सङ्क्रम तिब्र रुपमा फैलिरहेको अवस्थामा मानब क्षती संगै बिश्व अर्थ ब्यबस्था पनी धरापमा पारीसकेको अवस्था रहेको छ। धनि र अर्थ ब्यबस्था बलियो भएका रास्ट्रहरु हाल माहामारी संग लडनमा लागीपरेका छन। धेरै जसो रास्ट्रहरुमा महिनौ देखि लकडाउनको ब्यबस्ता गरिएको छ जसले गर्दा ब्यापार र सिङो अर्थ ब्यबस्ता नै ठप्प भएको छ। यसै सन्न्धर्भमा हालै मात्र फोबोर्सले दिएको जानकारी अनुशार ब्यापारी डोनाल्ड ट्रम्प र  उनको कम्पनीले पनी लकडाउनका कारण धेरै घाटा बेहोर्नु परेको छ।

हामी सबैलाई थाहानै हुनु पर्छ अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रंप एक धनाढ्य ब्यापारी हुन र अमेरिकामा उन्को ठुलो ब्यापारिक साम्राज रहेकोछ। अमेरिकाको ईतिहाश मा डोनाल्ड ट्रंपनै एकमात्र बिलिनेयर रास्ट्रपती रहेका छन जस्को कुल सम्पती २.१ अरब डलर रहेको छ र उनी बिश्वका धनी मानिष हरुको सुचीमा १००१वौ नम्बरमा पर्दछन। तर बिगत एक महिना देखी अमेरिकामा लकडाउनका कारण ट्रम्प को ब्यापार मा ठुलो घाटा हुन जादा एकै महिनामा उन्को संपत्ति १ अरब डलर घटेको जानकारी रहेको छ।

अमेरिकी राष्ट्रपति ट्रंप एउटा रियल एस्टेट ब्यापारी हुन जस्को कारोबार अमेरिका संगै बिश्वका अन्य देशहरुमा समेत फैलिएको छ। कोरोना र लकडाउनका कारण उन्को बोस्टन प्प्रपर्टीज र वोर्नाडो रियलिटी ट्रस्ट का शेयरहरुमा लगभग ३७ प्रतिशत को गिरावट आएको छ। उनको हस्पिटलिटी, अपार्टमेंट र गोल्फ ब्यापारले पनी निकै घाटा बेहोर्नु परेको जानकारी रहेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *