विभिन्न देशबाट लमजुङ आएका ३१ जनामा करोना संक्रमण देखिएन

समाचार
शेयर गर्नु होला

काठमाडौं

भारत, युएईलगायत विभिन्न देशबाट लमजुङ आएका ३१ जनाको कोरोना संक्रमण परीक्षण गरिएकोमा सबैमा कोरोना भाइरस फैला नपरेको बताइएको छ । चैत १ गतेयता विदेशबाट आएका ३१ जनाको थ्रोट स्वाब लिएर काठमाडौं र पोखरा पठाइएकोमा सबैको रिपोर्ट यस्तो आएको हो । जिल्लास्थित कमाण्ड पोष्टका अनुसार उनीहको स्वाब नमूना लिएर काठमाडौं र पोखरामा परीक्षणका लागि पठाइएको थियो ।

बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा थ्रोट स्वाब लिएर परीक्षणका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार परीक्षणका लागि पठाएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

लमजुङमा विदेशबाट आएकाको तथ्यांक २ सय ८० जना रहेको छ । उनीहरु केही काठमाडौंमा होम क्वारेन्टाइनमा बसेको र केही भने स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेको प्रजिअ खड्काले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय लमजुङले स्थानीय तहको समन्वयमा पनि विदेशबाट आएको व्यक्तिको खोजी गरी थ्रोट स्वाब लिएर परीक्षणका लागि पठाएको छ ।

जिल्लास्थित क्वीक रेस्पोन्सु टिम (क्युआरटी) का संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुुुसार छोटो समयमै थ्रोट स्वाब लिएर परीक्षणको लागि पठाएको र सबैको रिपोर्ट नेगेटिभ आएको हो । सुरुमा भारतमा होली मनाएर फर्किएका एकजना बिरामी चैत ११ गते काठमाडौं रिफर गरिएको र उनको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *