“स्वास्थ्यकर्मीहरुका कारण मैले दोस्रो जिबन पाए र म जिन्दगी भरी आभारी रहनेछु” -बेलायती प्रधान्मन्त्री बोरीश जोनसन [भिडिओ]

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला
  • 78
  •  
  •  
  •  
  •  
  •  
    78
    Shares

सुभास भट्ट | बेलायत

हिजो बेलायतमा कोरोना भाईरसबाट मृत्‍यु हुने सन्ख्यामा केही कमी अाएको देखियो। भाईरस संक्रमण बाट गएको २४ घन्टामा ७३७ जनाको मृत्‍यु भएको थियो।

बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या ८४२७९ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको सन्ख्या १०,६१२ पुगेको छ। हाल बेलायतमा नया संक्रमित हुनेको सन्ख्या र मृत्‍यु हुनेको सन्ख्या दिनहु बढीरहेकोछ।

बेलायत मा बिगत २४ घन्टामा १८००० जनामा भाईरस को परिक्षण गरिएकोथियो जसमध्ये  ५२८८ जनामा कोरोना पोजिटिभ पाईयेको थियो।

केही साता अघी कोरोना भाईरस बाट संक्रमित भई अस्पताल मा भर्ना हुनु भएका बेलायतका प्रधान्मन्त्री को स्वास्थ्य मा राम्रो सुधार पछी हिजो उनलाई डिस्चार्ज गरिएकोछ। उनी पुर्णरुपमा निको नभयीसकेको कारण हाल आफ्नो निवाश १० डाउनिङ स्ट्रिटमा नफर्केको प्रधान्मन्त्री को कार्यालय ले जनाएकोछ।

अस्पताल बाट डिस्चार्ज भए लगतै प्रधान्मन्त्रीले एेउटा भिडिओ को मार्फत सबै स्वास्थ्यकर्मी लाई धन्यबाद ज्ञापन गर्दै उनीहरुको कारणले आफुले दोस्रो जिबन पाएको र आफु जिन्दगी भरी आभारी रहने कुराको जानकारी दिनु भयो।


शेयर गर्नु होला
  • 78
  •  
  •  
  •  
  •  
  •  
    78
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *