ब्रेकिङ : एउटै परिवारका ३ सदस्यमा कोरोना भाईरसको लक्षण देखीपछी हाल पेप्सीकोला स्थित सन सिटी अपार्टमेन्ट प्रहरीद्वारा ‘सिल’

समाचार
शेयर गर्नु होला

काठमाडौँ

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा संक्रमित संख्या १४ पुगेको जानकारी पछी अब फेरी थप ३ जना अन्या मा कोरोना भाईरस को लक्षण देखीपछी टेस्ट किट प्रयोग गर्दा पोजिटिभ देखिएको खबर रहेको छ।

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। तत पस्चात परिवारका तीनजालाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको थियो। साथै उनीहरुको पीसीआर गर्नका लागि पठाइएकोछ।

जान्कारीका अनुशार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो। उनी हरु काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्दै आईरहेका थिए। हाल उक्त बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले अपार्टमेण्टमा आवतजावत पूर्णरुपमा रोक लगाइएको बताउनुभयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *