दार्चुला
बिगत दुई सातादेखि हजार भन्दा बढी नेपाली दाजु भाई हरु महाकालीपारि भारतीय धारचुलाको विभिन्न क्वारेन्टाइनमा कष्टपूर्ण दैनिकी बिताइरहेकाछन, हाल अाएर क्वारेन्टाइनमा बसीरहेका नेपालीहरुलाई दार्चुला ल्याउन पहल भइरहेको जानकारी रहेकोछ ।
जिल्ला कोरोना भाइरस व्यवस्थापन समितिको बैठकले खलंगामा एकहजार बढी नेपाली राख्न सकिने नसकिने विषयमा अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिलाई निर्देशन गरेको छ ।
धारचुलामा क्वारेन्टाइनमा बसीरहेका नेपाली हरुमा दार्चुलाका २२६ जना, बैतडीका ४२२ जना, बझाङका २७१ जना, कैलालीका ६९ जना, डडेल्धुराका २३ जना, अछामका १८ जना, कञ्चनपुरका ११ जना, डोटीका १ जना, सुर्खेतका १५ जना, जाजरकोटका ३ र दैलेखका २ जना नेपाली रहेको जनाईेकोछ ।
बिभिन्न प्राबिधिक कारण हरुले गर्दा सीमामा रोकिएका सबैलाई खलंगामा राख्न लसकिने भएकाले उनी हरुलाई धारचुलाबाट उद्धार गरेर सम्बन्धित जिल्लामा पठाउन केन्द्रिय कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र छाउनी काठमाडांैलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ले बताउनुभयो ।रासस