सुभास भट्ट | बेलायत
बेलायतमा कोरोना भाईरसबाट मृत्यु हुने सन्ख्यामा दिनहु बढोत्तरी देखिएकोछ, भाईरस संक्रमण बाट गएको २४ घन्टामा ७७८ जनाको मृत्यु भएको थियो।
बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या ९३,८७३ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्यु हुनेको सन्ख्या १२,१०७ पुगेको छ। हाल बेलायतमा नया संक्रमित हुनेको सन्ख्या र मृत्यु हुनेको सन्ख्या दिनहु बढीरहेकोछ।
बेलायत मा हाल सम्म ३,८२,६५० जनामा भाईरस को परिक्षण गरिएकोछ जसमध्ये ९३,८७३ जनामा कोरोना पोजिटिभ पाईयेकोछ।
ताजा जानकारी अनुशार हिजो गरिएको डेली ब्रिफिङ कार्यक्रमा बेलायतका अर्थ मन्त्री रिशी सुनक द्वारा कोरोना सङ लडन बेलायत सरकार द्वारा बेलायत को स्वास्थ्य संस्था न्ह्स् लाई १४.५ बिलियन पाउन्डको बजेट छुट्यायीएको जानकारी गराएकाथिए।