बेलायत मा ९९ बर्षिय भुतपुर्ब शैनिक द्वारा अस्पतालका लागी ३ घन्टामा ९ मिलियन पाउन्ड दान राशी जम्मा [भिडिओ ]

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

सुभास भट्ट | बेलायत

आखिर मानिषले चाहे के नै असम्भब छ र? हाल बेलायतमा कोरोना भाईरसले आतन्क मचाईरहेको बेला बेलायत को स्वास्थ्य संस्था NHS लाई सहयोगका लागी सरकार लगायत सम्पुर्ण रास्ट्रबाशी हरु लागीपरेको देकिन्छ। आर्थिक रुपमा सहयोग पुर्याउन का लागी बिभिन्न संघ संस्था हरु द्वारा राहत कोषमा राशी जम्मा गर्नु को साथै अनेक तरिका बाट सहयोग पुर्याउने मनकारी हरुको कमी देखिएकोछैन। यसतै सन्दर्भमा बेलायतका एकजना ९९ बर्षिय भुतपुर्ब शैनिक द्वारा अस्पतालका लागी ३ घन्टामा ९ मिलियन पाउन्ड भन्दा बढीको चन्दा राशी जम्मा गरेर हाल सबैका लागी प्रेरणा र  ठुलो उधाहरण बन्न सफल भएकाछन।

९९ बर्षिय, भुतपुर्ब कप्तान टम मोर, केही दिन अघी आफ्नो ९९वौ बर्ष पुरा गरी १०० बर्षमा प्रबेश गर्न लागेकाथिए र हाल बेलायतमा प्रकोपको रुपमा फैलिएको कोरोना को कहर लाई उनीले नजिकै बाट हेरीरहेकाछन। आफु एक शैनिक भएको र देशको नागरिक भएको कारणले उन्ले आफ्नो अवस्था लाई मध्यनजर गर्दै स्वास्थ्य संस्था NHS लाई केही सहयोग पुर्याउने मनसाय बनाए।

योजना अनुरुप ९९ बर्षिय, भुतपुर्ब कप्तान टम मोरले आफ्नो ९९वौ बर्ष को अन्तिम दिनमा आफ्नो घरको २५ मिटर लामो गार्डनमा १०० चक्कर लगाउने र त्यस बाफत १००० पाउन्ड बराबर को चन्दा सन्कलन गर्ने निधो गरे। उनी आफ्नो यस अठोट काममा सफल भये तर उन्ले सोचेको १००० पाउन्डको राशी भन्दा धेरै नै सन्कलन हुन पुग्यो। मात्र ३ घन्टामा उन्को राम्रो कार्य लाई सराहना गर्दै मनकारी मानिष हरुले उन्लाई ९ मिलियन पाउन्ड भन्दा बढी दान र चन्दा सन्कलन गर्न मा सहयोग पुर्याए, जुन आफैमा धेरै ठुलो राशी रहेकोछ।

हाल उन्को कार्य बाट पुरै बेलायत नै चकित परेकोछ र साथै यसले धेरै लाई प्रोहत्शान समेत गरेकोछ। हिजो मात्र सरकार द्वारा उन्को यस कार्य को ठुलो सराहना गरियो र अहिले उनी रास्ट्रिय हिरोको रुपमा चर्चित पनी भएकाछन। अर्को तिर उन्लाई चन्दा दिने मानिषहरु रोखिएकाछैनन, हाल सम्म पनी उन्लाई चन्दा सन्कलन गर्न सहयोग पुर्याउन का लागी सामाजिक सन्जाल का भित्ता भित्तामा अनुरोधहरु गरेको पाईन्छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *