अमेरिकामा एकैदिन २४ सय बढीको मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमान्डौ

अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण लगातार दोस्रो दिन पनि २४ सयभन्दा बढीको मृत्यु भएको छ । कोरोनाबाट बुधबार मात्र त्यहाँ २ हजार ४८२ जनाको मृत्यु भएको छ । एकै दिन कोरोनाबाट यति धेरै संख्यामा मृत्यु भएको यो नै पहिलो घटना हो ।

यसअघि अमेरिकामा अप्रिल ११ मा २ हजार ३५ जनाकाे मृत्यु भएकाे थियाे भने मंगलबार २४ सय ७ जनाको मृत्यु भएको थियाे । यससँगै कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार ५२९ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

बुधवारएकै दिनमा अमेरिकामा ३० हजार २०६ जना नयाँ संक्रमित फेला परेका छन् । यस सँगै कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ । संक्रमितको तुलनामा दैनिक मृत्यु अघिल्लो साताको भन्दा यस साता उच्च देखिएको छ ।

त्यहाकोको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ११ हजार ५८६ को ज्यान गैसकेको छ । त्यहाँ बुधबार मात्रै ७५२ जनाको मृत्यु भएको छ भने ११ हजार ५२५ नयाँ संक्रमित थपिएका छन् ।

यससँगै त्यहाँ कुल संक्रमितको संख्या २ लाख १४ हजार नाघेको छ। अर्काे बढी प्रभावित राज्य न्यूजर्सीमा पनि काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ३ हजार नाघेकाे छ । त्यहाँ बुधबार मात्र ७५२ जनाकाे मृत्यु भएकाे छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *