साउदीमा कार्यरत नेपालीको गुनासो : कम्पनीले घरजाने फारम भराउन थाले

समाचार
शेयर गर्नु होला

काठमाडौं

साउदीमा कार्यरत अधिकांश नेपालीले टेलिफोन वा ह्वाट्सएपबाट कम्पनीको कार्य वातावरण असुरक्षित भएको भन्दै कम्पनीले घरजाने फारम भराउन थालेको गुनासो गरेका छन् । साउदीस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार कम्पनीले घरजाने फारम भराउँदै खान बस्न नदिएको लगायतका समस्याहरु नेपालीले दूतावास समक्ष जानकारी गरेको बताएको हो ।

यसै बीच दूतावासले समस्या परेका नेपालीलाई आफू कार्यरत कम्पनीको नाम, काम गरेको अवधि, हालको समस्या लगायत उपलव्ध भएसम्म समस्यामा परेका नेपालीको संख्या समेत उपलव्ध गराइदिन आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमणको यस संकटमा यथास्थानमा सुरक्षित बस्न नेपालीलाई दूतावासले अनुरोध गरेको छ । संसार भर संक्रमणका हिसावले अत्याधिक चुनौतिपूर्ण र जोखिमपूर्ण समेत रहेकाले अधिकांश मुलुकले संक्रमण फैलन नदिन हरसम्भव सबै उपायहरू अवलम्वन गरेको दूतावासले बताएको छ ।

विहीबार सम्ममा साउदी अधिकारीहरूले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ हजार ३८० पुगेको दूतावासले जानकारी दिएको छ । हिजो थप ५१८ जनामा संक्रमण भएको छ ।

कूल संक्रमितहरू मध्ये हालसम्म ९९० जना निको भएका छन् । हिजो चार जना सहित जम्मा ८३ जना संक्रमितको मृत्यु भएको छ । थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारी नआएको दूतावासले बताएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *