नेपालमा एकै दिन १४ जनामा कोरोना संक्रमण, कुल संख्या ३० पुग्यो

समाचार
शेयर गर्नु होला

काठमाडौं

नेपालमा शुक्रबार एकैदिन कोरोना संक्रमित १४ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा शुक्रबार साँझ अध्यवाधिक गरेको तथ्यांकानुसार यसाघिका १६ गरी नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताएका छन ।

उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरुष र चितवन जिल्लाका २७ र ६३ वर्षका पुरुषहरू छन । याे सँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *