ब्रेकिङ : बेलायतमा शुक्रबारसम्म कोरोना भाइरसका कारण १६ जना नेपालीको मृत्यु, १५ जना निको भएर घर फर्किए

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

लण्डन

कोरोना भाइरसका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले पुष्टी गरेको छ ।दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार, मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक छन् ।

त्यसैगरी, दूतावासको जानकारीमा अहिलेसम्म बेलायतभरमा करिब १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्किएका छन् ।अहिले अस्पतालमै भर्ना भएर उपचार गराइरहेकाहरु ७ जना तथा संक्रमणको आशंकामा घरमै आइसोलेसनमा बसेकाहरु झण्डै ४० जना रहेको पनि उपनियोग प्रमुख आरनले बताए ।

दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ ।बेलायतमा आपतविपत खेपेका नेपालीको सहयोगार्थ पहल पनि भएको छ ।

नेपाली दूतावास, एनआरएनए यूके, मर्जिङ नेपसक्स, बन्टोक नेपाली समाज लगायत सामाजिक तथा जातीय संघसंस्थाले प्रकोपका कारण समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *