अमेरिकामा एकैदिन २५ सय बढीको मृत्यु, मृतक संख्या ३७ हजार नाघ्यो

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमान्डौ

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या झन् बढ्दै गएको छ । शुक्रबार मात्र त्यहाँ एकै दिन हालसम्मकै सर्वाधिक २५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण ३७ हजार १५४ मानिसको ज्यान गैसकेको छ । शुक्रबार (पछिल्लो २४ घण्टामा) मात्रै त्यहाँ २ हजार ५३५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

शुक्रवार ३२ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यससँगै अमेरिकामा कोरोना संक्रमतिको संख्या ७ लाख ९ हजार ७३५ पुगेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या कम देखिएको थियो ।

बिहीबार दिनभरि अमेरिकामा २ हजार १७४ जनाको कोरोनाका कारण मृत्यु भएको थियाे भने २९ हजार ५६७ नयाँ संक्रमित थपिएका थिए । यससँगै ६० हजार ५१० संक्रमित चाहिँ पूर्णरुपमा निको भैसकेको जनाइेको छ ।

त्यहाकोसबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै शुक्रबार हालसम्मकै बढी १ हजार २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यससँगै न्यूयोर्कमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ हजार १३१ पुगेको छ । त्यहाँ कुल संक्रमित २ लाख ३३ हजार ९५१ पुगेको छ ।

अमेरिकाकाे न्यूजर्सी राज्यमा पनि काेराेनाका कारण ३ हजार ८४० जनाले ज्यान गुमाइसकेका छन्। अन्य उच्च मृत्यु देखिएका म्यासाचुसेट्स, मिसिगन, क्यालिफाेर्निया, इल्लिनाेइस, लुसियाना र कन्नेक्टिकट रहेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *