सर्लाही।
भारतको दिल्लीबाट आएका १४ वर्षीय बालकको शुक्रवार बेलुका आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । त्यस लगत्तै धनकौल क्वारेन्टाईनमा राखिएका बालकलाई प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनमा पु¥याएर भर्ना गरिएको छ । दिल्लीको एक झोला कारखानामा काम गर्ने बालकलाई रौतहटको गौर हुँदै घर आएको सूचना पाउने बित्तिकै प्रहरीले क्वारेन्टाइनमा लगेर राखेका थिए ।
बालकसँगै क्वारेन्टाईनमा राखिएका अर्का एक पुरुषलाई पनि जनकपुर पठाइएको छ । आरडीटी परीक्षणमा ती पुरुषको भने नेगेटिभ रिपोर्ट आएको थियो । स्रोतका अनुसार आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको बालकको स्वाब परीक्षणका लागि जनकपुरबाट शनिबार काठमाडौं पठाइएको छ । स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन केही समय लाग्ने चिकित्सकले बताएका छन् ।
सर्लाहीमा हालसम्म क्वारेन्टाईनमा बसेका ६८ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमा धनकौलका एक बालक बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ।गोरखापत्र