बागलुङकी ६५ वर्षीय महिला कोरोना भाइरस मुक्त भई अस्पतालबाट डिस्चार्ज

समाचार
शेयर गर्नु होला

पोखरा।

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरस मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसुलेसनमा उपचाररत पौडेलको तेस्रो र चौथो स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

डिस्चार्जपछि पौडेलले आफूले जसरीपनि कोरोना भाइरसलाई जित्ने अठोटका साथ कोरोना भाइरसलाई जित्न सफल भएको बताउनुभयो । छोरीलाई भेट्नका लागि बेल्जियम गएर फर्कदा भाइरस संक्रमण भएको पुष्टी भएपछि अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार व्यवहार गरेकाले जित्न सहज भएको बताउनुभयो ।

१६ दिनसम्म अस्पतालको आइसुलेसनमा बसेर उपचार गर्दा प्रयाप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना, खाजा तथा अन्य औषधीहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताउनुभयो । आफ्नै घर नजिकको अस्पतालबाटै कोरोनाको उपचारपछि फर्कन पाउँदा खुसी लागेको भन्दै पौडेलले संक्रमण लाग्दै नदिनका लागि सबै उपाय अपनाउन र लागीहालेपनि नआत्तिन सबैलाई आग्रह गर्नुभएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *