काठमान्डौ
विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २३ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोना संक्रमितकाे संख्या २३ लाख ३० हजार ९२१ पुगेकाे छ ।
पछिल्लाे २४ घण्टाभित्र मात्रै ८० हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५ लाख ९६ हजार ५०४ जना भने पूर्णरूपमा निकाे भैसकेका छन् । अहिले १५ लाख ७३ हजार ६६२ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ५५ हजार २६५ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । अहिलेसम्म विश्वभर काेराेना भाइरसका कारण १ लाख ६० हजार ७५५ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा काेराेनाकाे संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या ७ लाख ३८ हजार बढी रहेकाे छ । शनिबार मात्रै अमेरिकामा २९ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएकाे छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ९४ हजार ४१६ संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ मात्रै ४ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ७४ हजार ७९७ जना भने पूर्णरूपमा निकाे भैसकेका छन् ।
अहिले स्पेनमा ९८ हजार ९८० जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ७ हजार बढीकाे अवस्था गम्भीर रहेको छ । स्पेनमा अहिलेसम्म २० हजार ६३९ जनाले काेराेनाका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लाे २४ घण्टा भित्र मात्रै स्पेनमा काेराेनाका कारण ६३७ जनाकाे मृत्यु भएकाे छ ।
इटालीकाे अवस्था पनि स्पेनकाे जस्तै भयावह छ । काेराेनाका कारण मृत्यु हुनेमा स्पेनमा भन्दा पनि इटालीमा बढी छ । आइतबार बिहानसम्म इटालीमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २३ हजार नाघेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै इटालीमा ४८२ जनाकाे मृत्यु भएकाे छ । इटालीमा अहिलेसम्म १ लाख ७५ हजार ९२५ काेराेना संक्रमित भएका छन् । शनिबार मात्रै त्यहाँ ३ हजार ४९१ नयाँ संक्रमित थपिएका छन् ।
फ्रान्सलाई पनि काेराेनाले भयावह बनाएकाे छ । फ्रान्समा अहिलेसम्म काेराेनाका कारण १९ हजार ३२३ जनाकाे मृत्यु भएकाे छ भने संक्रमित हुनेकाे संख्या १ लाख ५१ हजार ७९३ पुगेकाे छ । शनिबार मात्रै त्यहाँ ३ हजार ८२४ जना नयाँ संक्रमित थपिएका छन् ।
काेराेना बढी संक्रमण हुने अर्काे देश हाे जर्मनीमा । तर जर्मनीमा अरू देशकाे तुलनामा मृत्यु हुनेकाे संख्या कम र निकाे हुनेकाे संख्या बढी रहेकाे छ । अहिलेसम्म जर्मनीमा काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ४३ हजार ७२४ नाघेकाे छ । तीमध्ये ८५ हजार ४ सय जना भने पूर्णरूपमा निकाे भैसकेका छन् । अहिले त्यहाँ ५३ हजार ७८६ जनामा काेराेना सक्रिय रहेकाे छ ।