काठमाडौं
नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा आज कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
यसाघि कुल ३१ जनामा संक्रमण रहेको आज ११ जनाको थप पुष्टि भएसँगै कुल संख्या ४२ पुगेको हो । यसमा उदयपुरका मात्र २३ जनामा संक्रमण देखिएको छ । केन्द्रिय प्रयोगशालामा उदयपुरबाट ल्याइेको २६० जनाका स्वाब मध्ये आज साँझसम्म २४० जनाको परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको र २० जनाको स्वाब परीक्षण भैइरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।
मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार कोसी अस्पतालबाट शंकास्पद नतिजा आएका ८ जनाको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुनः परीक्षण गरिएको थियो । भने ३ जनाको काठमाडौंमा पुनः परिक्षण गरिएको थियो । उनीहरुमा पुनः परीक्षण गर्दा संक्रमण भएका पुष्टि भएको हो ।