सुभास भट्ट | बेलायत
बेलायतमा हिजो फेरी कोरोना भाईरस संक्रमण भई मृत्यु हुने सन्ख्यामामा बृदि देखियो। कोरोना भाईरस संक्रमण बाट गएको २४ घन्टामा ८२३ जनाको मृत्यु भएको थियो। बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या १२९,०४४ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्यु हुनेको सन्ख्या १७,३३७ पुगेको छ।
बेलायतमा नया संक्रमित हुनेको सन्ख्या र मृत्यु हुनेको सन्ख्यामा बृदि भएको देखिएकोछ। बेलायत मा हिजो मात्र नया ४३०१ जनामा कोरोना पोजिटिभ पाईएको थियो।
हाल बिश्वका सम्पन्न रास्ट्रहरु कोरोना भाईरस सङ लडन का निम्त्ती भ्याक्सिन बनाउने होडबाजीमा लागी परेको अवस्थामा बेलायतका सरकारका प्रबक्ताले बेलायतको अक्सफोर्ड बिश्वबिध्यालय र ईम्पेरियल कलेजमा भ्याक्सिन निर्माण भईसकेको र भोलि बिहिबार देखी मानिषहरुमा उक्त भ्याक्सिनको परिक्षण गरीने जानकारी दिनु भएकोछ। सरकार द्वारा उक्त परियोजना का लागी ईम्पेरियल कलेजका बैज्ञानिक को टिमलाई २२.५ मिलियन पाउन्ड र अक्सफोर्ड बिश्वबिध्यालयका बैज्ञानिक को टिमलाई २० मिलियन पाउन्ड को अनुदान प्रदान गरिने जानकारी गराएकोछ।