धनगढीमा अमृत शाही कोरोना भाईरसलाई हराउदै अस्पताल बाट डिस्चार्ज

समाचार
शेयर गर्नु होला

धनगढी।

धनगढी मा फेरि हिजो एकजना कोरोना सङक्रमित ब्यक्ती उपचार पछी निको भई डिस्चार्ज भएकाछन।

धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही एक महिना सेती प्रादेशिक अस्पताल बसेपछि घर फर्किनु भएकोछ।

आफ्नो उपचारमा सहयोग गर्ने र रात दिन खटेका चिकित्सक र नर्सहरुका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै फेरी आफु चिकित्सकको सल्लाह अनुसार सात दिन घरमा छुट्टै बस्ने र फेरि स्वाब परीक्षण गर्ने बताउनु भएकोछ।

अमृत शाही चैत ७ गते दुबईबाट दिल्ली हुँदै काठमाडौं पुग्नुभएको थियो । सोही दिन नेपालगन्ज हुदै धनगढी पुग्नु भएको थियो । त्यस पछी वाहा तीन दिन घर बसेर अस्पताल पुग्नु भएको थियो ।

उहाँपछि उहाँको ३४ वर्षीया भाउजूमा पनि कोरोना देखिएको थियो । उहाँकाे भाउजुमा भाइरस सरेपछि सरकारले नेपालमा भाइरस दाेश्राे चरणमा पुगेकाे जानकारी दिएकाे थियाे । हाल वाहा  भाउजुको स्वास्थ्यमा सुधार हुदै गरेको जानकारी रहेकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *