कोराेना भाइरस : विश्वभर मृत्यु हुनेकाे संख्या १ लाख ७७ हजार

समाचार
शेयर गर्नु होला

काठमान्डौ

विश्वभर अहिले कोरोना भाइरस कोभिड-१९ महामारीले सन्त्रास मच्चाइरहेको छ । चीनको वुहानबाट ४ महिनाअघि सुरू भएको यो महामारी अहिले विश्वका सबैजसो देशमा फैलिसकेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०९ पुगेको छ । संक्रमण हुनेको संख्या भने २५ लखा ५६ हजार ५१५ पुगेको छ ।

२४ घण्टामा मात्रै विश्वभर ७ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ भने ७५ हजार भन्दा बढी संक्रमित थपिएका छन् । मंगलबार बिहानसम्म संक्रमितकाे संख्या २४ लाख ८१ हजार थियाे । सङ्क्रमितमध्ये ६ लाख ९० हजार २६५ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १६ लाख ८८ हजार ६४२ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ ।

तीमध्ये ५७ हजार २५० जनाको अवस्था भने गम्भीर रहेको छ । कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ८०५ पुगेकाे छ ।

मंगलबार मात्रै अमेरिकामा २७ हजार बढी नयाँ संक्रमित थपिएका छन् । कोरोनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । अहिलेसम्म त्यहाँ ४५ हजार ३ सय बढीको मृत्यु भैसकेको छ । त्यहाँ मंगलबार मात्रै २ हजार ८ सयभन्दा बढीको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएको छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म ४ लाख ४ हजार बढी संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ ४ हजार नयाँ संक्रमित थपिएका छन् । स्पेनमा अहिलेसम्म २१ हजार २८२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टाभित्र मात्रै त्यहाँ कोरोनाका कारण ४३० सय जनाको मृत्यु भएको छ ।

इटालीको अवस्था पनि स्पेनको जस्तै भयावह छ । बिहीबार बिहानसम्म इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ हजार ६४८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ५३४ जनाको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म १ लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ २ हजार ७ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्सलाई पनि कोरोनाले भयावह बनाएको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण २० हजार ७९६ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख ५८ हजार पुगेको छ । मंगलबार मात्रै साढे २ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

कोरोना बढी संक्रमण हुने अर्को देश हो, जर्मनी । तर जर्मनीमा अरू देशको तुलनामा मृत्यु हुनेको संख्या कम र निको हुनेको संख्या बढी रहेको छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४८ हजार नाघेको छ । तीमध्ये ५ हजार बढीकाे मृत्यु भएको छ । मंगलबार मात्रै त्यहाँ २२४ जनाको मृत्यु भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *