बेलायतमा कोरोना भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको सन्ख्या १८,१०० पुग्यो, दिनहु बढी रहेको अवस्था

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

सुभास भट्ट | बेलायत

बेलायतमा हिजो फेरी कोरोना भाईरस संक्रमण भई मृत्‍यु हुने सन्ख्यामामा बृदि देखियो। कोरोना भाईरस संक्रमण बाट गएको २४ घन्टामा ७५९ जनाको मृत्‍यु भएको थियो। बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या १३३,४९५ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको सन्ख्या १८,१०० पुगेको छ।

बेलायतमा नया संक्रमित हुनेको सन्ख्या र मृत्‍यु हुनेको सन्ख्यामा बृदि भएको देखिएकोछ। बेलायत मा हिजो मात्र नया ४४५१ जनामा कोरोना पोजिटिभ पाईएको थियो।

बढदो संक्रमण लाई ध्यानमा राखी सरकार द्वारा साता अघी मात्र थप ३ साताका लागी लकडाउन लम्ब्याउने निर्णय गरेको थियो तर साता नबितदै साताको अन्त तिर लुकीछिपि पब र रेस्टुरेन्टहरु सन्चालन गरेको को खबर बाहीरिएकोछ। हिजो सरकार का प्रबक्ता म्याट ह्यान्कोक ले यदी अहिले को अवस्थामा लकडाउन लाई खोलियो या खुकोलो पारिएको खन्डमा धेरै जन्ताहरु खतरामा अाउने कुरा को चेतवानी दिनु भयो।

बेलायत को स्वास्थ्य संस्था ण्ह्स् द्वारा गरायीएको जानकारी अनुशार हिजो बिहान ९ बजे सम्म ५,५९,९३५ जनामा कोरोना भाईरसको टेष्ट गरिएकोथियो जसमध्ये हाल सम्म १३३,४९५ जना भाईरसबाट संक्रमित भएको पायीएकोछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *