किन सशस्त्र प्रहरीमाथि भारतीयहरुबाट आक्रमण भयो?

समाचार
शेयर गर्नु होला

धनगढी ।

कोरोना रोकथामका लागि सरकारले जारी गरेको लक डाउनका क्रममा सीमामा हुने आवातजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि भारतीयहरुबाट आक्रमण भएको छ ।

धनगढी उपमहानगरपालिका– २ मन्दिरघाटमा खटिएका सशस्त्र प्रहरीमाथि मंगलवार सीमावर्ती भारतीय गाउँ बनगाँउका थारु समुदायका व्यक्तिहरुले आक्रमण गरेका हुन् ।

आक्रमणबाट एक जना सशस्त्र प्रहरीको आँखामा चोट लागेको छ ।  मोहना नदीको बगरमा रहेका तरकारी खेतीमा चोरी गर्न आएका भारतीय नागरिकहरुलाई त्यहाँ खटिएका सशस्त्र प्रहरीले भगाएका थिए ।

शुरुमा केही संख्यामा आएका भारतीय नागरिकहरु त्यसपछि भने समूहमा आएर जंगलमा लुकेका थिए । तर सशस्त्र प्रहरीलाई उनीहरु समूहमा आएको भने जानकारी भएन । एक जना मात्र बाहिर देखिएर सशस्त्र प्रहरीलाई चुनौती दिएपछि एक जना सशस्त्र प्रहरी नदी तरेर पारी पुगे ।

उनी पारी पुग्न नपाउदै समूहमा लुकेर बसेका उनीहरुले सशस्त्र प्रहरीमाथि लठ्ठीले आक्रमण शुरु गरे । त्यहीबीचमा सशस्त्र प्रहीका अर्का जवानपनि त्यहाँ पुगे । उनीमाथि पनि आक्रमणको प्रयास भयो । त्यहीक्रममा केही पर रहेको शसस्त्र प्रहरीको अर्को पोष्टमा रहेका सशस्त्र प्रहरीहरु कुद्दै घट्नास्थल पुगे । त्यसपछि भने उनीहरु जंंगल हुदै भागेर आफ्नो गाँउ पुगे ।

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने योजना बनाएर आएका उनीहरुले आज सशस्त्र प्रहरीलाई बाँकी राख्दैनो भनेर स्थानीय बासिन्दालाई बताएको स्रोतले बतायो ।

समयमा सशस्त्र प्रहरीको अर्को टीम त्यहाँ नपुगेको भए त्यहाँ मानवीय क्षति समेत हुन सक्थ्यो, एक स्थानीय बासिन्दाले बताए ।

घाईते सशस्त्र प्रहरी स्थानीय आँखा अस्पतालमा उपचारपछि आराम गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *