बेलायत/सुभास भट्ट
बेलायत सरकार को योजना अनुरुप बिश्व प्रख्यात अक्सफोर्ड बिश्वबिश्यालयमा हिजो कोरोना भाईरस को पहिलो भ्याक्सिन मानबमा परिक्षण गरियो। हाल बिश्व भरी कोरोना भाईरसको भ्याक्सिन बनाउने होडबाजीमा बिभिन्न देशहरु लागीपरेको अवस्था छ तर हाल सम्म उक्त भाईरसको भ्याक्सिन भने सफल भएको छैन।
मानब सभ्यतालाई नै खतरामा पारीसकेको भाईरस सङ लडन बेलायतका बैज्ञानिकहरु बिगत तिन महिना देखी गृहकार्य गरीरहेका थिए, हिजो आएर उनीहरुको सपना साकार हुनपुगेको थियो।उक्त टिमलाई बैज्ञानिक सारा गिल्बर्ट ले प्रतिनिधित्व गरीरहेकी छिन। साराका अनुशार आफु यस भ्याक्सिनले काम गर्छ भन्ने कुरा मा ८०% बिश्वस्थ रहेको जिकिर गर्छिन।
जानकारी अनुशार यस भाइरस को पहिलो परिक्षणका लागी ८०० जना भोलेन्टियरहरुले साथ दिने भएका छन। सबै ८०० जना मानिशहरुमा भ्याक्सिन को परिक्षण गरिने योजना रहेको छ। जनाबरमा परिक्षण पछी हिजो पहिलो चोटी कुनै मानबमा भ्याक्सिन को परिक्षण गरिएको थियो।
पहिलो भ्याक्सिन लगाउने ब्यक्तीको नाम एलिशा ग्रानाटो रहेको छ। उनी आफै पनी एउटा बैज्ञानिक रहेको र मानब कल्याणका लागी र बैज्ञानिक हरुको कार्यमा हरेक तरिकाले सहयोग गर्ने मनशाय अनुरुप उनले आफुनै भ्याक्सिन लगाउने पहिलो ब्यक्ती बन्न ईक्षा जाहिर गरेकी भनेकी छिन।
बैज्ञानिकहरुले दिएको जानकारी अनुशार यो भ्याक्सिन एडिनोभाईरस बाट निर्माण गरीएको हो, जसलाई बैज्ञानिकहरुले चिम्पान्जी बाट लिएका थिए।