कोरोना महामारी – विश्वभर ज्यान गुमाउनेकाे संख्या १ लाख ९० हजार नाघ्याे

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

काठमान्डौ

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको छ । संक्रमण हुनेको संख्या भने २७ लाख १६ हजार ३८८ पुगेको छ ।

पछिल्लो२४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ भने ८५ हजार जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार थियाे भने संक्रमितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको थियाे ।

सङ्क्रमितमध्ये ७ लाख ४५ हजार ३४३ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १७ लाख ८० हजार ५४६ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार ६७८ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ४९ हजार ८४५ सय बढीको मृत्यु भैसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २३ सय बढीको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या ८ लाख ८० हजार २०४ पुगेको छ । तीमध्ये ८५ हजार ९२२ जना पूर्णरूपमा निको भैसकेका छन् । अहिले त्यहाँ ७ लाख ४४ हजार ४ सय बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजारकाे अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २५ हजार ५४९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ९० हजार कोरोनाबाट संक्रमित भएका छन् । बिहीबार मात्रै इटालीमा साढे २ हजार नयाँ संक्रमित भेटिएका छन् भने ४६४ जनाको मृत्यु भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *