श्रीलंकाले नेपालमा फसेका आफ्ना ७६ जना नागरिकहरुको उद्दार गर्यो

समाचार
शेयर गर्नु होला

काठमाडौँ

लकडाउनका कारण नेपालमा अलपत्र परेका ७६ जना आफ्ना नागरिक लिएर श्रीलंकाको ध्वजावाहक वायुसेवा श्रीलंकन एयरलायन्सको जहाज कोलम्बो फर्किएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार, श्रीलंकनको एयरबस ३२० चार्टर जहाज शुक्रबार बिहान ११ः२३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। यो १२ः३० बजे कोलोम्बो फर्केको छ।

यो विमानको काठमाडौंमा व्यवस्थापनको जिम्मा लिने जेनिथ ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक जोय देवानका अनुसार ७६ जना श्रीलंकाली विद्यार्थी, पर्यटक कोलम्बो फर्किएका छन्।

श्रीलंकन दूताबास काठमाडौंको संयोजनमा यो चार्टर उडानलाई प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनले बिहीबार अनुमति दिएको थियो। प्राधिकरणले लकडाउनको अवधिमा कुनै पनि विदेशी चार्टर वायुसेवा कम्पनीलाई ७२ घन्टाको अवधि तोकेर अनुमति दिने गरेको छ। कोलम्बोबाट यो विमान बिनायात्रु काठमाडौं आइपुगेको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *